आलममाथिको थुनछेक बहस सकियो, आदेश आजै आउने

आलममाथिको थुनछेक बहस सकियो, आदेश आजै आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बम विस्फोटमा घाइतेलाई जिउँदै इँटा भट्टामा जलाएर हत्या गरेको अभियोग लागेका नेपाली कांग्रेसका सांसद आफ्ताब आलममाथिको थुनछेक बहस सकिएको छ ।

एक साताभन्दा बढी समयदेखि जारी बहस शुक्रवार सकिएको हो । केहीबेरमा आदेश आउने सम्भावना रहेको छ ।

मुद्दामा प्रतिवादी रहेका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री आलमको तर्फबाट बहस गर्ने अधिवक्ताहरुको सूची लामो भएकाले आदेश आउन ढिलाइ भएको हो । प्रतिवादीको तर्फबाट शुक्रबारसम्म २८ जना अधिवक्ताले बहस गरेका थिए ।

अदालतको आदेश आजै आउने भएपछि रौतहटको सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालत आसपासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।