सरकारले तयार पार्यो नेपाल–भारत सीमास्तम्भको विस्तृत ‘डाटाबेस’

सरकारले तयार पार्यो नेपाल–भारत सीमास्तम्भको विस्तृत ‘डाटाबेस’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नेपालको भूभाग आफ्नो नक्सामा समेटेपछि सरकारले नेपाल–भारत सीमास्तम्भलाई डिजिटल प्रणालीमा लैजाने तयारी थालेको छ । डिजिटल प्रणालीमा लैजान दुई देशको सीमा कार्यदल समूहले नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक गरिरहेको नापी विभागले जनाएको छ ।

त्यसका लागि प्रत्येक स्तम्भको अवस्थिति र निर्देशांक लगायतको विस्तृत विवरणसहित ‘डाटाबेस’ तयार पारिएको नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए । नम्बर अनुसार प्रत्येक सीमास्तम्भको सम्पूर्ण तथ्याङ्कसहितको ‘डाटाबेस’ विभागले तयार गरेको छ । डाटाबेस अनुसार पिलर सार्ने सम्भावना नहुने र सारिएको खण्डमा पनि पुरानै ठाउँमा राख्न सकिने महानिर्देशक जोशीले जानकारी दिए ।

सुस्ता र कालापानीबाहेक क्षेत्रका आठ हजार पाँच सय ५३ वटा पिलरको लगत लिने काम सकिएको विभागले जनाएको छ । विभागका अनुसार चार हजार पिलरको लगत लिने काम भइसकेको छ । त्यसमध्ये दुई हजार चार सय पिलर ठूला नदीमा पर्छन् । सीमाक्षेत्रमा साना–ठूला गरी ५७ वटा नदी छन । गतवर्ष एक हजार ७२ वटा पिलरको पुनःनिर्माण र मर्मतसम्भार गरिएको थियो ।