भारतले अतिक्रमण गरेको भूमि नेकपाले मात्र फिर्ता गर्न सक्छ : नारायणकाजी श्रेष्ठ

भारतले अतिक्रमण गरेको भूमि नेकपाले मात्र फिर्ता गर्न सक्छ : नारायणकाजी श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न सरकार सक्रिय भएको बताएका छन् ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्रनम्बर १(क)मा नेकपाका उम्मेदवार डीपी ढकालको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि नेकपालाई चुनावमा जिताउनै पर्ने बताउँदै नेपालको कालापनीलगाएत मिचिएको भूमी नेकपाले मात्र फिर्ता गराउन सक्ने दाबी गरे ।

ढकाललाई जिताउन आग्रह गर्दै श्रेष्ठले भने, ‘नेपालको कालापानीलगायतको मिचिएको भूभाग नेकपाले मात्र फिर्ता गराउन सक्छ ।’ भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न सरकार दृढतापूर्वक लागेको बताउँदै नेकपाको सरकारले स्पष्ट रुपमा कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेको उनले दाबी गरे ।