नेपाली भूमि फिर्ता ल्याएरै छाड्छौं : प्रधानमन्त्री ओली

नेपाली भूमि फिर्ता ल्याएरै छाड्छौं : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता ल्याएरै छाड्ने दाबी गरेका छन् ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघको राष्ट्रिय भेलालाई आइतवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कालापानी विवादबारे सरकार भारतसँग सम्बाद गर्ने तयारीमा रहेको बताउँदै सरकारले आफ्नो नेपाली भूमि फिर्ता ल्याउने दाबी गरे । ‘हामीलाई अरूको पनि जमिन चाहिएन, हामीले पनि एक इञ्च दिँदैनौं ‘उनले भने,  ‘हाम्रो भूमिबाट विदेशी सेना फिर्ता लैजाऊन्, हामी हाम्राे नेपाली भूमि फिर्ता लिन्छाैं’ उनले भने ।

सरकार भारतसँग सम्वाद गर्न सक्ने हैसियतमा रहेको भन्दै उनले नक्सा सच्याउनु भन्दा आफ्नो भूमि फिर्ता लिनु मुख्य विषय भएको बताए । कालापानी, लिपुलेक, लिम्पियाधुरामा भारतीय सेना अघिल्लै शताब्दीमा बसेको भएपनि प्रधानमन्त्री ओलीले आफ्ना सेना फिर्ता लैजान भारतलाई आग्रह पनि गरेका छन् ।