काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले लुकिङ ग्लास नराख्ने र स्वरुप परिवर्तन गरी चलाउने मोटरसाइकलमाथि कारबाही तीव्र पारेको छ । महाशाखाले शनिबारदेखि नै उच्च प्राथमिकतासाथ कारबाही अघि बढाएको महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरीले शनिबारमात्रै ३ सय ४५ वटा मोटरसाइकलमाथि कारबाही गरेको जनाएको छ । लुकिङ ग्लास दायाँ र बायाँ नदेखिने गरी राखिए पनि कारबाहीको भागिदार हुने प्रहरीले जनाएको छ । ट्राफिक नियम पालना नगरे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही गरिने महाशाखाले जनाएको छ ।




प्रतिक्रिया