पुरानो खालको रेल होइन, हाई स्पीडको रेल कुदाउँछौं : अध्यक्ष प्रचण्ड

पुरानो खालको रेल होइन, हाई स्पीडको रेल कुदाउँछौं : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राजमार्गमा हाई स्पीडको रेल कुदाउने बताएका छन् ।

आइतवार राजधानीमा आयोजित राष्ट्रिय युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विकास निर्माणका कतिपय कुराहरू पुरानो भइसकेको उल्लेख गर्दै अबको मुलुक टनेल (सुरुङ मार्ग) युगमा प्रवेश गरकाले मुलुकमा पुरानो खालको रेल नभई नयाँ हाई स्पीडको रेल कुदाउने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले अब राजमार्गको ठाउँमा टनेल बनाउने, रेल पनि फास्ट स्पीडको कुदाउने र पर्यटकीय सम्भावना पनि नयाँ ढंगबाट खोज्नुपर्ने बताए । ‘हामी राजमार्गको युगमा होइन, टनेलको युगमा छौं,’ प्रचण्डले भने, ‘२०० किलोमिटरलाई सय किलोमिटरमा झार्ने, रेल पनि पुरानो खालको होइन हाई स्पीडको कुदाउने जस्ता कामहरू हाम्रो प्राथमिकतामा रहेका छन् ।’

प्रचण्डले बहुदलीय जनवाद या माओवादको कुरा गर्दा एकताको औचित्य पुष्टि नहुने दाबी गर्दै अध्यक्ष प्रचण्डले संसारले हामीलाई पछाडि फर्काउन खोजिरहेको बताए ।
‘हामी पछाडि फर्किन खोज्ने हो भने त्यसले राजनीतिक स्थायित्व पनि हुँदैन । हामी नेताहरू विकसित हुन चाहेका छौं, परिमार्जित हुन चाहेका छौं’ उनले भने ।