झापा – झापाको मेचीनगर नगरपालिका–९ धुलाबारीमा आइतबार साँझ जंगली हात्तीबाट जोगिनका लागि स्थानीयले राखेको विद्युतीय तारबारमा परी एक जनाको मृत्यु भएको छ ।
विद्युतीय धरापमा परी मृत्यु हुनेमा मेचीनगर–९ निबासी ५७ वर्षीया बुद्धिमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार गाईवस्तु धपाउन जाने क्रममा विद्युतीय धरापमा परी करेन्ट लागेर महिलाको घटनास्थलमै मृत्यु भएको हुन सक्ने प्रवक्ता श्रेष्ठले बताए ।




प्रतिक्रिया