अन्ततः निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा दिलिप बिष्ट समातिँदै !

अन्ततः निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा दिलिप बिष्ट समातिँदै !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले पुन गहन अनुसन्धान थालेको छ ।

प्रहरीले डिएनए परीक्षणअनुसार दिलिपसिंह विष्टलाई पक्राउ गर्ने भएको छ । सोही घटनाका विषयमा थप जानकारी लिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कञ्चनपुर पुगेका छन् ।

उक्त प्रकरणमा आमाको जाहेरीपश्चात विष्ट पक्राउ पर्न लगेका हुन् । उक्त प्रकरणको अनुसन्धान गरेवापत निलम्बित डिएसपी अङ्गुर जोशी, इन्टरपोल र सिआइबीका प्रमुखसहित आइजिपी खनाल पनि कन्चनपुर पुगेका हुन् । स्रोतकाअनुसार विष्ट नै मुख्य दोषी देखिएकाले पक्राउ गरेर थप अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

परिस्थितिजन्य र अन्य प्रमाणलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको हो । हालसम्मको अनुसन्धानमा दिलीपसिंह अपराधको सबैभन्दा नजिक छन् । उनलाई प्रहरीले गत वर्ष अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।

पछि डिएनए नमिलेपछि छाडेको थियो । उनीलगायत पहिला पक्राउ गरेर सोधपुछ गरिएका व्यक्तिहरूमाथि नै प्रहरीले फेरि सूक्ष्म रूपमा अनुसन्धान थालेको छ ।