नेविसंघ र अनेरास्ववियूका विद्यार्थीबाट त्रिचन्द्र कलेज क्याम्पस प्रमुखमाथि कुटपिट

नेविसंघ र अनेरास्ववियूका विद्यार्थीबाट त्रिचन्द्र कलेज क्याम्पस प्रमुखमाथि कुटपिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिचन्द्र कलेज घण्टाघरका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन् ।

विज्ञान स‌ंकायको शुल्क बृद्धि फिर्ता नगरेको भन्दै कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र नेकपा निकट अनेरास्ववियूका विद्यार्थीले सोमबार बिहान कुटेका हुन् ।

न्यौपानेलाई प्रहरीले उद्धार गरेर उपचारका लागी वीर अस्पतालमा लगिएको काठमाडौं प्रहरी प्रमुख एवंम् एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

घटनामा संलग्न भएको आरोपमा २ जना विद्यार्थीलाई पक्राउ गरिएको उनले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।