राजश्व छल्ने व्यापारीविरुद्द १ अर्ब २९ करोड बिगो दाबी (नामसहित)

राजश्व छल्ने व्यापारीविरुद्द १ अर्ब २९ करोड बिगो दाबी (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी १ अर्ब २९ करोड ३६ लाख राजस्व चुहावट गरेको अभियोगमा विनोद कुमार अग्रवाल र विकास अग्रवालविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले बारा कलैयाका बिनोद कुमार अग्रवाल र झापाका विकास अग्रवालविरुद्ध मजदुरहरुको नाममा फर्म दर्ता गरी झुट्टा तथा नक्कली भ्याट बिल जारी गरेको आरोप लगाएको छ । विभागले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

अग्रवालद्वयले विभिन्न व्यक्तिका नाममा आर्यन ट्रेडिंग कन्सर्न, अनामिका ट्रेडर्स, अमिशा ट्रेडिंग कन्सर्न, प्रसुमा सप्लायर्स प्रालि, स्मारिका जनरल सप्लायर्स, नाईस ट्रेडिङ्ग, जेनिशा ट्रेड एण्ड सप्लायर्स, सुशीम ट्रेड इन्टरप्राईजेज प्रालि, सीमस ट्रेड इन्टरनेशनल, निशिला ट्रेडिंग, अविन ट्रेडिङ, किशा ट्रेड ईन्टरप्राईजेज, श्रीअन्तु जनरल सप्लायर्स समेतका १३ वटा विभिन्न फर्म र कम्पनीहरु दर्ता गरी नक्कली विल जारी गरेका थिए ।

उनीहरुले १३ वटा विभिन्न फर्म मार्फत १ अर्व २९ करोड ३६ लाख राजस्व छलेको आरोप लगाएको छ ।

विभागले विनोद कुमार अग्रवाल सहित २१ जना विरुद्द मुद्दा दायर गरी बिगोको दोब्बर जरिवाना र तीनवर्षसम्म कैद सजाय मागदावी सहित अदालतमा मुद्दा दायर गरेको छ ।