भित्रि वस्त्रमा लुकाएकाे अवस्थामा ८ किलो सुन बरामद, दुई चिनियाँ नागरिक पक्राउ

भित्रि वस्त्रमा लुकाएकाे अवस्थामा ८ किलो सुन बरामद, दुई चिनियाँ नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ नागरिकबाट ८ किलो सुन बरामद भएको छ । बरामद भएको उक्त सुन भित्रि वस्त्रमा लुकाएर ल्याइएको पाइएको छ ।

नेपाल एयरलाइन्सको विमानमार्फत हङकङबाट काठमाडौं आएका दुई चिनियाँ नागरिकले भित्री वस्त्रमा फल्स बटम बनाएर ४–४ किलो सुन लुकाएर ल्याएको भेटिएको हो ।

पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् ।

उनीहरुलाई राति नै थुनुवा पूर्जी दिएर महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । चिनियाँ भाषा बुझ्न कठिन भएका कारण दोभाषे बोलाएर थप सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।