गुलरिया – जिल्ला प्रहरी कार्यालय बर्दियाले हाडनाता भित्रकै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजुलाई पक्राउ गरिएको छ। १५ वर्षिया बहिनी बलात्कारको आरोपमा दाजुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
करिब साढे १ महिनाअघि भएको घटनामा पीडितलाई पीडकले धम्की दिएपछि गुपचुप थियो। पीडित बालिकाले केही महिनापछि फुपुलाई घटना सुनाएपछि घटना प्रहरीसम्म पुगेको हो।
पीडितको फुपुुले दिएको जाहेरीका आधारमा हाडनाताभित्र बलात्कार गर्ने २५ बर्षिय दाजु पर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बताए।




प्रतिक्रिया