पैसा लिएर विद्यार्थीको प्राप्तांक हेरफेर गर्ने त्रिविका लेखापालविरुद्ध मुद्दा

पैसा लिएर विद्यार्थीको प्राप्तांक हेरफेर गर्ने त्रिविका लेखापालविरुद्ध मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ—अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृतसहित चार जना विरूद्ध मुद्दा दायर गरेको छ।

परीक्षार्थीसँग पैसा लिएर उत्तरपुस्तिकाको नम्बर फेरबदल, साटासाट गरेको आरोपमा अख्तियारले लेखा अधिकृत कमलप्रसाद दाहाल, त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरी, सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालविरुद्ध विशेषमा मुद्दा दायर गरेको हो।

उनीहरुले जानुका आलेमगर र हिरा कटुवालका परीक्षा केन्द्रबाहिर लेखिएका उत्तरपुस्तिका तेजनारायण चौधरीमार्फत लिई साटफेर गरेको आरोप छ।

यो प्रकरणमा परीक्षार्थीसँग रकम लिइ परीक्षाका उत्तरपुस्तिकाको प्राप्तङ्क फेरबदल गरेको अख्तियारको दाबी छ। अख्तियारले जानुका र हिराविरुद्ध पनि मुद्दा दायर गरेको छ ।