ट्रकको ठक्करबाट बालिकाको मृत्यु प्रकरणः कोहलपुरमा कर्फ्यु आदेश

ट्रकको ठक्करबाट बालिकाको मृत्यु प्रकरणः कोहलपुरमा कर्फ्यु आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज— बांँके प्रशासनले कोहलपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

ट्रकको ठक्करबाट स्कुले बालिका घाइते भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बाँके जिल्ला प्रशासनले  आइतबार बेलुकादेखि कर्फ्यु आदेश जारी गरेको हो। कोहलपुरको पूर्वमा चप्पर्गौडी ,पश्चिममा किरण नाला ,उत्तरमा नौबस्ता जाने बाटो र दक्षिणमा पिपरी चोकको ५ सय मिटर क्षेत्रमा कर्फ्यी जारी गरिएको हो ।

स्थानीयवासीले ट्रकमा आगजनी गरेका थिए । झडपमा परि ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप ७ जना प्रहरी पनि घाइते भएका छन् । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले आइतबार बिहान स्थानीय हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको घाइते भएकी थिइन्। बालिकालाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनको ग्वार्कोस्थित बीएण्डबी हस्पिटलमा उपचार सुरु भएको छ।