भक्तपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिडियाकै कारण आफूलाई राजीनामा दिने झोंक चलेको बताएका छन् । उनले अहिलेको पत्रकारिता देखेर राजीनामा दिने झोंक चलेको बताएका हुन् ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २३ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले आफुलाई मिडियासँग बोल्न नै मन पर्न छाडेको बताए ।
‘अहिले बोल्नलाई आमसभा चाहिदैन, मिडियाले संसारमाँझ छिनभरमै पुर्याउँछन्, तर एउटा कुरा भन्दा, पुर्वदृष्टि राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति हाबी भएको छ,’ उनले भने ।
मन्त्री बाँस्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको स्पष्ट रहन आग्रह गरे । ‘म पनि वर्षौसम्म पत्रकारिता गरकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ,’ उनले भने ।
उनले संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता विपरीत हुने खतरा आए आफैँ राजीनामा दिएर आन्दोलनमा होमिने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संसदमा पुगेको सूचना प्रविधि विधेयक अहिले नभएर एक वर्ष अघि नै पुगेको र महासंघले विरोध गर्दै आएको बताए ।
‘महासंघ सरकारको पक्षधारी हैन, ६५ वर्षदेखि माग गर्दै आएको नागरिक अधिकारवादी संस्था हो, हामी अहिलेपनि चुप लागेर बसेका छैनौँ,’ उनले भने ।




प्रतिक्रिया