काठमाडौं – पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रदेशको नामाकरण विवादमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
नेकपाले प्रदेश ३ को नाम र राजधानी बागमती र हेटौँडा राख्ने प्रस्ताव गरेपछि पार्टीकै सांसद त्यसको पक्ष र विपक्षमा विभाजित भएका बेला भट्टराईले ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले अमेरिका र भारतको उदाहरण दिँदै ती दुवै देशमा जातीय र भाषिक पहिचानका आधारमा राज्य र प्रदेशहरुको नाम रहेको उल्लेख गर्दै जातीय र भाषिक पहिचानका आधारमा प्रदेशको नाम राख्दा देश टुक्रिन्छ भन्नु गलत भएको बताएका छन् ।
उनले अमेरिकामा अलाबामा, हवाइ, इलिनोइ, मिसिगन टेक्सास लगायतका २६ राज्य र भारतमा तामिलनाडु, नागल्यान्ड, मिजोरम, बंगाल, पञ्जावजस्ता राज्य जातीय र भाषिक पचिनामा आधारित रहेको दावी गरेका छन् ।
उनले प्रदेश ७ को राजधानी अत्तरीया र गोदवारी लाद्नु, प्रदेश ३ मा बारा, पर्सा रौटहट र २ मा दोलखा, रामेछाप, सिन्धुली राख्नु पञ्चायतकालीन अञ्चलको पुर्नस्थापना भएको बताएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुई अध्यक्षबीचको छलफलमा यस्तो पस्ताव गरेको भन्ने समाचार सार्वजनिक भएपछि अध्यक्ष भट्टराईले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् ।
जातीय, भाषिक लगायत सबैखालको उत्पीडनको अन्त्य गर्ने भन्दै जनयुद्धको नेतृतव गरेका प्रचण्डले यस्तो प्रस्ताव गर्नु जनयुद्धका सहिदको अपमान भएको बताएका छन् ।
‘७ नंको अत्तरिया र गोदावरी लाद्नु सरासर धोका हैन ? प्रदेश ३ को नाउँ जाति–भाषाको पहिचानमा राख्दा देश टुक्रन्छ भन्नु सरासर झुटको खेती हो । अमेरिकामा अलाबामा, हवाइ, इलिनोइ, मिसिगन टेक्सासलगायत २६ राज्य के हुन् ? भारतमा तामिलनाडु,नागाल्याण्ड, मिजाेरम, बंगाल, पंजाब आदि के हुन् ? ।’
अध्यक्ष भट्टराईले लेखेका छन्, ‘अझै लाज पचाएर पर्सा, बारा, रौतहट ३ नं प्रदेशमा, दोलखा, रामेछाप, सिन्धुली २ नं प्रदेशमा राख्ने कुरा गर्नु पञ्चायतकालीन अञ्चलको पुनर्स्थापना नभए के हो ? विशेषत प्रचण्ड कणले जनयुद्धका सहिदको रगतमाथि यसरी होली खेल्न मिल्छ ? अब तपाईंहरू(नेकपा)को विकल्प विष खाएर मर्ने हैन लत्रेर जिउँदै मर्ने कि लडेर अमर हुने भन्ने हो ।
प्रदेशको नामांकन र राजधानी चयनमा नेकपाका नेताहरूको रवैयाले संघीयताको वस्तुत:हत्या गरेको छ-१.प्रदेशसभाको निर्णय गर्ने अधिकार केही केन्द्रीय नेताहरूले खोस्नु एकात्मकतावादी /अलोकतान्त्रिक हर्कत नभए के हो?२.बहुसंख्यक जनताको हित विपरित३नंको राजधानी हेटौंडा,५नंको बुटवल,१नंको विराटनगर.२ https://t.co/nuZStn8AQa
— Baburam Bhattarai (@brb1954) January 8, 2020




प्रतिक्रिया