मलेसियाले अमेरिका–बेलायततर्फ फर्कायो प्लास्टिक फोहोर


क्वालालाम्पुर – मलेसियाले प्लास्टिकको फोहोरले भरिएको शिपिङ कन्टेनरलाई पश्चिमा मुलुकतर्पैm फर्काएको छ । आफू विश्वको फोहोर फ्याक्ने साइट नभएको घोषणा गरेपछि या दक्षिणपूर्वी एसियाली राष्ट्रले यस्तो कदम चालेको हो ।

यो मुलुकले यस किसिमका फोहोरहरुलाई बेलायत र अमेरिकातर्फ नै फर्काएको छ । यो मुलुकले ३ हजार ७३७ मेट्रिक टन फोहोर फर्काउने निर्णय आज गरेको हो ।

वातावरण मन्त्री यीओ बी यिनले १३ मुलुकहरुमा १५० कन्टेनर पठाइएको बताएका छन् । यस मध्ये ४३ फ्रान्स, ४२ बेलायत, १७ अमेरिका र ११ क्यानडातर्फ फर्काइएका छन् ।

यो क्षेत्रमा २०१८ देखि बढी विकसित अर्थतन्त्रहरुमा प्लास्टिकको फोहोरको ओइरोनै लागेको छ । चीनले पनि धेरै आयात रोक्नका लागि आग्रह गरेपछिको समयमा मलेसियाको यस किसिमको निर्णय आएको हो ।

चीनमा यस किसिमका सामग्रीको आयातमाथि प्रतिबन्ध लागेपछि धेरैजसो चिनियाँ रिसाइक्लिङ व्यवसा मलेसियातर्फ सरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement