कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनरमा होटल सञ्चालक कुटिएका छन् ।
स्थानीय ‘ग्राण्ड प्यासिफिक’ होटलका सञ्चालक गोविन्द चन्दमाथि शनिबार राति कुटपिट भएको प्रहरीले जनाएको छ ।
कञ्चनपुर प्रहरीका प्रवक्ता डिएसपी वीरेन्द्र थापाका अनुसार होटलमै रहेका चन्दमाथि ५/७ जनाको संख्यामा आएको समूहले कुटपिट गरेको हो ।
घटनामा संलग्नहरुको खोजी भइरहेको थापाले बताए । कुटपिटको भिडियो भने सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।




प्रतिक्रिया