सिंहदरबारमा बस्दैछ विपक्षी दलको बैठक

सिंहदरबारमा बस्दैछ विपक्षी दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु, १८ जेठ– संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न विपक्षी दलहरुले बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभा बैठकअघि काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलको बैठक बस्न लागेको नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

प्रमुख सचेतक र सचेतकहरुको बैठकमा विपक्षी दलका संसदीय दलका नेताहरु पनि सहभागी हुने बताइएको छ ।

दुलालका अनुसार विपक्षी मोर्चाले ‘भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको छ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने मागमा एकमत भएर अघि बढ्ने रणनीति तय गर्ने छ ।

यस्तै प्रधानमन्त्रीले उक्त विवादास्पद अभिव्यक्तिबारे माफी माग्नुपर्ने माग विपक्षीको छ ।

यसअघि प्रतिनिधिसभामा आइतबार नयाँ संसद नियमावली पारित गर्ने क्रममा विपक्षी दलका सांसदले ‘राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे’ भन्ने नारा लगाएका थिए ।

विपक्षीले सभामुख डोलप्रसाद अर्याल विपक्षीप्रति प्रतिशोधपूर्ण व्यहवार र सत्तापक्षको सहयोगी भूमिकामा प्रस्तुत भएकामा पनि विरोध गर्ने भएका छन् ।

अर्यालले नेपालको संसदीय इतिहासमै पहिलोपटक विपक्षीको नाराबाजीबीच संसद् नियमावली बहुमतले पारित भएको घोषणा गरेका थिए । यसअघि नियमावली सर्वसम्मत पारित गर्ने अभ्यास थियो ।