३१०१० बाट एसएमएस आयो? सावधान, फस्नुहोला


काठमाडौं– के तपाईँको मोबाइलमा ३१०१० वा यस्तै नचिनेको नम्बरबाट एसएमएस आयो? नेपाल टेलिकमका केही सेवाग्राहीको मोबाइलमा केही दिनदेखि यसरी एसएमएस आउन थालेपछि हैरान भएका छन्।

रातो नम्बरको आतंकबाट मुक्त भएको केही समयपछि नै फेरि यो नयाँ फन्डा सुरु भएको छ।

खासमा यो के हो त ? सुरुमा त्यस्तो नम्बरबाट मेसेज रिसिभ हुन्छ । मेसेजमा हाजिरिजवाफ सम्बन्धी मेसेज आउछ । पुरस्कारको प्रलोभन देखाएर एसएमएस रिप्लाई गर्न लगाउछ ।

जब कसैले रिप्लाई गर्छ, ऊ फँस्छ । किनभने यस्ता नम्बरहरु प्रिमियम नम्बरहरु हुन्छन्, अर्थात् रिप्लाई गर्ने बित्तिकै धेरै रकम पर्ने ।

फोन रिसिभ भयो भने चाहिँ ब्यालेन्स काटिँदैन। किनभने नेपालका सबै मोबाइल अपरेटरहरुले मेसेज रिसिभिङमा चार्ज लगाएका छैनन्।

तर त्यसरी नचिनेको नम्बरमा रिप्लाई गर्नु पनि ठीक हैन। त्यो मेसेज ’सुनौलो अवसर ! एनटसीमा मोबाइलबाट ३१०१० मा अंग्रेजी वर्णमालाको ‘क्यू’ लेखी एसएमएस पठाई आफ्नो बौद्धिकताको परीक्षणसँगै प्रत्येक हप्ता आकर्षक प्राइज जित्नुहोस् !’ वा त्यस्तै केही बहाना बनाउँदै तपाईँको रकम धुत्न खोज्नेहरुले गरेको पनि हुनसक्छ ।

यस्तो समस्याबारे नेपाल टेलिकम भने बेखबर छ । नेपाल टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले यसबारे आफुलाई जानकारी नभएको बताइन् । उनले शंकास्पद कल नउठाउन र त्यस्ता नम्बरबाट आएका मेसेजको रिप्लाई पनि नदिन आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement