फेडोल पुरस्कार २०७५ एवं साहित्यिक विमर्श


काठमाडौं– फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको सह आयोजनामा फेडोल पुरस्कार २०७५ एवं साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रममा फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानबाट वर्षेनी प्रदान गरिने फेडोल उत्कृष्ट सिर्जना पुरस्कार २०७५ अक्षर बिम्बहरू पुस्तकका सर्जक मोहन दुवाललाई र फेडोल नव प्रतिभा पुरस्कार ११ वर्षे गायक अधिश्री कसपाललाई प्रदान गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे थिए भने, कार्यक्रमको अध्यक्षता फेडोल साहित्य प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेल थिए।

घिमिरेले मोहन दुवाल साहित्यका वहुमुखि प्रतिभा भएको र अधिश्री कसपालले सानो उमेरमा गायन क्षेत्रमा उल्लेखनीय कार्य गरेकोले दुवै पुरस्कृत व्यक्तिहरू पुरस्कृत हुन योग्य रहेको बताए ।

आफ्ना माता पिताका नाममा पुरस्कार स्थापना गरी नेपाली कला साहित्यको सेवा गर्दै आएका फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार राममणि ढुङ्गेललाई धन्यवाद ज्ञापन समेत गरे ।

कार्यक्रको अध्यक्षता गरेका राममणि ढुगेलले संस्था स्थापना र पुरस्कारका बारेमा स्पष्ट पारे ।  त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानका सदस्य श्री खड्ग वहादुर श्रेष्ठले राखेका थिए । संस्कुतिक संस्थानका तर्फबाट राष्ट्रिय नाचघरका महाप्रवन्धक राजेश थापाले धन्यवाद ज्ञापन समेत गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement