काठमाण्डु- प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख बराबरको आइफोन मोबाइल बरामद गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको छ ।
कालो झोलामा राखी ल्याइएको बिलबिजक बिनाका उक्त आइफोन मोबाइल बरामद गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
काठमाण्डुको चन्द्रागिरि नगरपालिका २ नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलबाट काठमाण्डुतर्फ आउँदै गरेको लु २ ख ६५६६ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएका संयुक्त प्रहरी टोलीले सो मोबाइल फोन बरामद गरिएको हो ।




प्रतिक्रिया