दुई घण्टामा परिसूचक २.३९ प्रतिशत घट्यो


काठमाडौं –बुधवार नेप्से परिसूचक २ दशमलव ३९ प्रतिशतले घटेको छ । दुई अंकले शेयर बजार बढेपनि त्यसपछि लगातार ओरालो लागेको बजार दुई घण्टा १५ मिनेट सम्ममा २३.७४ अंकले ओरालो झरेको छ ।

तीन घण्टाको व्यापारमा परिसूचक २९ दशमलव ९६ अङ्कले घटेर १ हजार २ सय २५ दशमलव ५१ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय ४४ कम्पनीको ३ हजार ७ सय ८७ पटकको व्यापारमा रू. २४ करोड ३४ लाख बराबरको शेयर कारोबार भएको हो ।

लघुवित्त समूहको परिसूचक ३ दशमलव ६६ प्रतिशत, बीमाको ३ दशमलव ४५ प्रतिशत, ‘अन्य’ समूहको २ दशमलव ५४ प्रतिशत, जलविद्युतको २ दशमलव ३८ प्रतिशत र बैङ्किङको २ दशमलव २ प्रतिशत घटेको छ । यस समयमा नेपाल इन्स्योरेन्सको सबैभन्दा बढी मूल्य घटेको छ । यस बीमा कम्पनीको शेयर मूल्य ७ दशमलव ५२ प्रतिशतले घटेर रू. ८ सय ७२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement