२० वर्ष अगाडि हरिण मारेको आरोपमा सलमान खानलाई ५ वर्ष जेल सजाय


एजेन्सीः बलिउडका सूपरस्टार सलमान खानलाई २० वर्ष अगाड कालो हरिणको शिकार गरेको मुद्दामा जोधपुर अदालतले पाँच वर्षको जेल सजाय सुनाएको छ ।

सन् १९९८ मा ‘हम साथ साथ है’ भन्ने फिल्मको सुटिङको लागि जोधपुर गएको बेला हरिण मारेको आरोपमा उनी दोषी ठहर भएका हुन् ।

आज भएको फैसला अनुसार  उनलाई जोधपुरको केन्द्रीय करागारमा राखिने छ।

सलमानसहित पाँचजना अभिनेता सैफ अलि खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीमललाई विरुद्ध मुद्दा दायर गरिएको थियो । तर उनीहरुलाई अदालतले सफाई दिएको छ ।

दोषी ठहर भएका सलमानलाई भारतको वन्यजीव कानुन अनुसार ६ वर्षसम्मको सजाय हुनु पर्ने सरकारी वकिलले माग दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement