काठमाण्डु – काठमाण्डुको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा रहेको राधेराधे कम्प्लेक्समा आगलागी भएको छ । विद्युत सर्ट भएर बिहीबार बिहान आगो लागेको हो । आगो निभाउने प्रयास जारी छ ।
आगो निभाउन सुरक्षाकर्मीको टोलीले प्रयास गरिरहेको छ । आगलागी नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिका, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिकालगायतबाट जम्मा ८ वटा दमकल प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।
मुख्य सडक नजिकै भएको आगलागीका कारण कलंकी–थानकोट सडकमा गाडी जाम भएको प्रहरी वृत्त थानकोटका प्रहरी नायब निरीक्षक कमल भण्डारीले जानकारी दिए । अहिले क्षतिको विवरण आएको छैन ।
बुधबार काठमाण्डुको मखनटोलमा पनि आगो लागेको थियो । आगलागीमा परी एक महिलाको मृत्यु भएको थियो ।
प्रतिक्रिया