सत्य निरुपण र बेपत्ता आयोगमा थापा र गड्तौला अध्यक्ष नियुक्त

सत्य निरुपण र बेपत्ता आयोगमा थापा र गड्तौला अध्यक्ष नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले संक्रमणकाली न्याय टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिरिषद् बैठकले दुवै आयोगका पदाधिकारी नियुक्त गरेको छ ।

समितिको सिफारिस बमोजिम पदाधिकारी नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेश थापा र सदस्यमा अच्युत भण्डारी, टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्या ओझालाई नियुक्त गरिएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लीलादेवी गड्तौलालाई नियुक्त गरिएको छ । सदस्यमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली छन् ।

पदाधिकारीको कार्यकाल ४ वर्ष रहने र तलब, भत्ता तथा सेवासुविधा राष्ट्रिय मानव अधिकार आयोगसरह हुने निर्णय गरिएको छ ।