प्रमुख प्रतिपक्षी देउवालाई किन भेटेनन् अब्बासीले?


काठमाडौं – पाकिस्तानी प्रधानमन्त्री अब्बासीेले प्रधानमन्त्री ओली र सत्ता गठबन्धनका नेता प्रचण्डसँग भेटवार्ता गरे पनि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेनन् । सोमबार प्रधानमन्त्री ओलीले आयोजना गरेको रात्रिभोजमा पनि देउवा गएनन्, बरु कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलाई पठाए ।

अब्बासी र गच्छदारबीच रात्रिभोजमा लामो अनौपचारिक कुराकानी भएको थियो । अब्बासीले प्रतिपक्षीसँग औपचारिक भेट नभएको विषयमा सोमबार पत्रकारहरूसँग भने, ‘मैले डिनरका क्रममा सबैभन्दा बढी समय प्रतिपक्षी दलका नेतासँग व्यतीत गरेँ । पाकिस्तानको राजनीतिमा हामी लामो समय विपक्षमा बसेका छौँ, त्यस हिसाबले पनि प्रतिपक्षीसँग हामी नजिक हुन्छौँ ।’

तर, औपचारिक भेटको सूचीमा देउवासँगको भेटलाई राखेनन् । परराष्ट्रका एक अधिकारीले भने, ‘पाकिस्तानी प्रधानमन्त्री आफ्नै सूचीअनुसार आउनुभयो, प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेटबाहेक अन्य भेटवार्ता हुने वा नहुनेमा हाम्रो भूमिका रहेन ।’
यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौं।

प्रतिक्रिया दिनुहोस
Advertisement