ऐश्वर्या गर्भवती भएपछि निर्देशक डिप्रेसनको सिकार  


काठमाडौं – २०११ मा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनका कारण चर्चित निर्देशक मधुर भन्डारकर डिप्रेसनको सिकार भएको कुरा भारतीय मिडियाहरुले उल्लेख गरेका छन्  ।

ऐश्वर्या र मधुरबीचको विवादले भारतीय मिडियामा त्यसवेला पनि निकै स्थान पाएको थियो  । मधुरले त्यसवेला आफ्नो ड्रिम प्रोजेक्टमा ऐश्वर्यालाई साइन गराएका थिए  ।

ऐश्वर्याले फिल्म त साइन गरेकी थिइन, तर उनी गर्भवती भएको कुरा बताएकी थिइनन्  । भन्डारकरको पहिलो रोजाइमा थिइन ऐश्वर्या  ।निर्देशक मधुरले उक्त फिल्म बनाउन डेढ वर्षदेखि रिसर्च गरेका थिए । निर्देशक मधुरको यो फिल्म ड्रिम प्रोजेक्ट थियो  ।

जब निर्देशक मधुरले ऐश्वर्या गर्भवती भएको थाहा पाए, तब उनले ऐश्वर्यालाई फिल्मबाट निकालिदिए  । त्यसपछि निर्देशक मधुर डिप्रेसनको सिकार भएका थिए  । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Advertisement