अख्तियारले लियो आफ्नै पूर्वप्रमुखसँग बयान

अख्तियारले लियो आफ्नै पूर्वप्रमुखसँग बयान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग बयान लिएको छ। अनुसन्धान अधिकृतके टोलीले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन र्भातिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसँग बयान लिएको छ।

‘उहाँ बिहान आउनुभएको हो, दिनभर भित्र बसेर बेलुकी फर्कनुभयो’, अख्तियारको सुरक्षा स्रोतले भन्यो, ‘किन आउनुभयो भनेर सोधखोज हुँदा बयानका लागि भन्ने थाहा भयो।’ बस्न्यात निकट एक कानुन व्यवसायीका अनुसार अख्तियारको टोलीले उनलाई ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएको भन्ने उजुरी छानबिनका क्रममा ‘आयोगमा आइदिन’ अनुरोध गरेको थियो। ती कानुन व्यवसायीले भने, ‘त्यही क्रममा जानुभएको होला।’

आयोगले आफ्नै पूर्वप्रमुखलाई भ्रष्टाचार आरोपमा छानबिनको क्रममा बयान लिएको यो पहिलोपटक हो। केही महिनाअघि आयुक्त राजनारायण पाठकमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यो समाचार कान्तिपुर दैनिकमा छ ।