काठमाण्डु- माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को भावी नेतृत्वका लागि शनिबार निर्वाचन जारी छ । पटक पटक स्थगित हुँदै आएको निर्वाचन बिहानबाट सुरू भएको हो ।
भावी नेतृत्व तथा अध्यक्षका लागि चार जना चुनावी मैदनामा छन् । अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा र उपदेश यादवको उम्मेदवारी छ ।
मनोनयन अनुसार ३३ पदाधिकारीका लागि १५५ जनाले उम्मेदवारी परेको थियो । जस अन्तर्गत अध्यक्षका लागि ५ जना उम्मेदवार मैदानमा छन् ।
निर्वाचनले अखिल क्रान्तिकारीको भावी नेतृत्वका लागि ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्यसहित २४३ जना चुन्नेछ ।
९ उपाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै एक महासचिवका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । ९ उपमहासचिवका लागि ३६ जना, १२ सचिवका लागि ५८ जना र एक कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।
अनेरास्ववियू (क्रान्तिकारी)को विभिन्न पदका केही उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिकाअनुसार केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा केही उम्मेदवार निर्विरोध भएका हुन् ।
यी हुन् निर्विरोध निर्वाचित भएकाहरू :
प्रतिक्रिया