अनेरास्ववियुको अध्यक्षमा बडाल र महासचिवमा रोकाया निर्वाचित


काठमाण्डु – नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्। बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराउंदै अखिलको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमतिका लागि प्रयास भएपनि अन्तिम समयसम्म सहमति नजुटेपछि बिहीबार राति मतदान भएको थियो ।

अनेरास्ववियूको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन्। त्यसैगरी महासचिवमा सुदुरपश्चिमको वाजुरा घर भएका नरेश रोकाया निर्वाचित भएका छन्।

सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्। यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्। अनेरास्ववियुको निर्वाचनमा  एक हजार पाँच सय १७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement