अनेरास्ववियुको केन्द्रिय कमिटी बैठक आठ महिनापछि काठमाडाैँमा बस्दै


काठमाडौँ- नेकपा (एमाले) निकट अनेरास्ववियुको केन्द्रिय कमिटी बैठक आगामी जेठ ४ र ५ गते बोलाएको छ । लामो समयदेखि बैठक बस्न नसकेकोमा समसामयिक विषयमा छलफल गर्नका लागि चौथो बैठक बोलाइएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए।

प्रत्येक चार महिनामा हुने अखिलको बैठक आठ महिनापछि बस्न थालेको हो । बैठकमा अखिलका अध्यक्ष नवीना लामा प्रतिनिधिसभाको सांसद भइसकेपछि उनलाई बिदाइ गरी कमिटीलाई नै पुनर्गठन गर्ने र शैक्षिक विषयमा केन्द्रित हुने महासचिव महरले बताए ।

सांसद भएपछि अध्यक्ष लामाले कार्यव्यस्तताका कारण देखाउँदै कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलालाई दिएकि छिन् । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

विसं २०७२ फागुनमा भएको २२ आैँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीको पदावधि सकिएकाले पनि संगठनको पुनर्गठन गरिने महासचिव महरले बताउनुभयो । बैठकले नयाँ नेतृत्वसमेत चयन गर्ने छ । प्रत्येक दुई वर्षमा अखिलको महाधिवेशनको व्यवस्था गरिएको छ । अखिलमा अहिले १५४ जनाको केन्द्रीय कमिटी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement