अमरेशकुमारले दिए सांसद पदबाट राजीनामा (पत्रसहित)

अमरेशकुमारले दिए सांसद पदबाट राजीनामा (पत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पदबाट राजीनामा दिएका छन् । समायोजनका नाममा क्रियाशील सदस्यातामाथि धाँदली भएको भन्दै उनले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।

सर्लाहीका सबै क्षेत्रमा विधिविपरीत सदस्यता बाँडिएको र अनसनमा बसेका कार्यकर्ताको माग पूरा गराउन पार्टीले कुनै तदारुकता नदेखाएकाले आफुले राजीनामा दिएको सांसद सिंहले पत्रमा उल्लेख गरेका छन् ।

‘मधेसमा काँग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनर्स्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु,’ पार्टी सभापति देउवालाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा सिंहले भनेका छन् ।