अमेरिकी सर्वोच्च अदालतको न्यायधीशमा भयो ब्यारेटको नाम अनुमोदित


वासिङ्टन – अमेरिकी सिनेटले सर्वोच्च अदालतको न्यायधीशमा एमी कोनी ब्यारेटको नामलाई अनुमोदन गरेको छ । सोमबार सिनेटमा भएको मतदानमा ब्यारेटको नाम ५२ ४८ ले अनुमोदन गरेको हो । यससंगै ४८ बर्षिय ब्यारेट सर्वोच्च अदालतको न्यायधीशमा नियुक्त भएकी हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा ब्यारेटले पद तथा गोपनीयताको सपथ समेत लिइसकेकी छन् ।

ब्यारेटलाई राष्ट्रपति ट्रम्पले सर्वोच्चका लागि मनोनयन गरेका थिए । राष्ट्रपतीय चुनाव हुनु एक साताअघि ब्यारेट सर्वोच्चको न्यायधीशमा नियुक्त भएकी हुन् ।

यसलाई राष्ट्रपति ट्रम्पको विजयको रूपमा लिइएको छ । न्यायधीश रुथ बादेर गिन्सबर्गको निधनपछि रिक्त स्थानमा उनको नियुक्ती भएको हो । चुनावअघि उनको नियुक्ति गरेको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना भएको थियो ।

न्यायधीश ब्यारेट रिपब्लिकन राष्ट्रपति ट्रम्पबाट सर्वोच्चमा नियुक्त हुने तेस्रो न्यायधीश हुन् । यसअघि निल गोर्सच र ब्रेट काभानफ नियुक्त भएका थिए । काभानाफको नियुक्तीको बेला समेत उनको चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement