अनिलकाे ‘तिम्राे मान्छे म’ म्यूजिक भिडियो सार्वजनिक


काठमाडौं- नव गायक अनिल राइको ‘तिम्राे मान्छे म’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

अनिकै स्वर र शब्द रहेको ‘तिम्राे मान्छे म’ बोलको गीतमा विशाल पाैडेलको संगीत रहेको छ ।  हाईलाईट्स म्यूजिकमार्फत यूट्यूबमा म‌ंगलबार उनको गीत सार्वजनिक भएको हो । आभास रानाले निर्देशन र छायांकन गरेको गीतमा दिव्या, आकृत र राेहनले अभिनय गरेका छन् ।

भिडियो गीतलाई सुबोध श्रेष्ठले सम्पादन गरेका छन् । यो गीत उनको पहिलो प्रयास हो । गायकले याे गीत युवा पुस्ताले मन पराउने आशा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement