सशस्त्र प्रहरीका दुई एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस


काठमाण्डु – गृह मन्त्रालयले सशस्त्र प्रहरीका दुई जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई सशस्त्र प्रहरी नायव महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको छ ।

मंगलबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले एसएसपीद्वय कालीदास धौबजी र कुमार न्यौपानेलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ ।

बढुवा समितिको मंगलबार बसेको बैठकले सिफारिसको निर्णय गर्दै बढुवाउपर कुनै उजुरी भए ७ दिनभित्रमा समितिमा दिन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement