सशस्त्रका नवनियुक्त आईजीपीको सक्रियता : बढुवा भएकै दिन एआईजीको बढुवा प्रक्रिया अघि बढ्यो


काठमाण्डु – सशस्त्र प्रहरी बलमा एआईजी बढुवाको प्रक्रिया अघि बढेको छ । सशस्त्रका नवनियुक्त महानिरीक्षक पुष्पराम केसीले बुधबार सांझ रिक्त एआईजीको दरबन्दीमा बढुवाको प्रक्रिया अघि बढाएका हुन्।

बढुवाको लागि तीन दिनको समय दिइएको छ । सशस्त्र प्रहरीमा वरियतामा एक नम्बरमा रहेका डीआईजी राजु अर्याललाई एआईजीमा बढुवा गर्ने तयारी छ । एआईजीका लागि डीआईजीहरु नारायणदत्त पौडेल र सीपी गौतम समेत प्रतिस्पर्धामा छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अवकास पाएपछी सरकारले केसीलाई बुधवार महानिरीक्षमा नियुक्त गरेको थियो । केसीपछी अर्याल सशस्त्रको महानिरीक्षक बन्ने लाइनमा छन् ।

सशस्त्रमा यसअघि दरबन्दी रिक्त हुंदा समेत बढुवा प्रक्रिया रोकिएको भएपनी केसीले जिम्मेवारी पाउने वित्तिकै त्यसै दिन रिक्त दरबन्दीमा बढुवा प्रक्रिया अघि बढेको हो । डिआईजी अर्याल सशस्त्रमा व्यवसायीक र कार्यसम्पादन समेत राम्रो भएका अधिकारी मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement