विचौलिया भट्ट र कांग्रेस कार्यकर्ता वाग्लेको घरमा काम गर्न सशस्त्रका जवान पठाएको खुलासा


काठमाण्डु – सशस्त्र प्रहरी बलमा सुरक्षाकर्मीहरुको दुरुपयोग गरेको पाइएको छ । सशस्त्र प्रहरीका भर्खरै अवकासप्राप्त महानिरीक्षक शैलेन्द्र खनालले पदको दूरुपयोग गर्दै केही विचौलिया र नेपाली कांग्रेसका सामान्य कार्यकर्ताको घरमा सशस्त्रका जवानहरु काम गर्न पठाएको खुलेको छ ।

तत्कालिन गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीका जवानलाई घरेलु कामदारको रुपमा उच्च अधिकारी र नेताहरुकोमा खटाउन नपाईने निर्णय गरेपनि खनालले खुसी पार्न विचौलिया र आफुलाई सुरक्षाविद दावी गर्ने कांग्रेसका सामान्य कार्यकर्ताकोमा सुरक्षाकर्मी खटाएको पुष्टी भएको छ ।

खनालले नरेश भट्ट नाम गरेका विचौलियाको घरमा तीन जना र गेजा शर्मा वाग्लेको घरमा एक जना खटाएको पुष्टि भएको छ । भट्ट आईजीपी खनाल हुंदा सशस्त्रको सरुवा र बढुवामा चलखेल गर्नेमध्येका एक हुन् भने वाग्ले आफुलाई सुरक्षाविद दावी गर्दै विभिन्न पत्रिकामा लेख लेख्ने काम गर्छन् । उनि कांग्रेसको नीति विभागको सदस्य समेत छन् ।

खनालले भट्टकोमा गोकुल नाम गरेका चालक र सिता र मनिषा नाम गरेकी परिचर खटाएको पुष्टि भएको हो । त्यसैगरी वाग्लेकोमा चालक भुपेन्द्र विसी खटाएको सशस्त्रका एक अधिकारीले बताए ।

पुष्पराम केसी सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त भएसंगै उनिहरुलाई मुख्यालय फिर्ता बोलाइएको छ । यसबारेमा वाग्ले र भट्टसंग बुझ्न खोज्दा उनिहरु सम्पर्कमा आउन चाहेनन् ।तर,सशस्त्र स्रोतले भने यसको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement