सशस्त्रमा एसपी बढुवाको प्रकृया शुरू


काठमाण्डु – सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी)हरुको बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एक सूचना जारी गर्दै साधारण उपसमूह र लेखा उपसमूहको रिक्त एसपी पदमा बढुवाका लागि प्रक्रिया शुरु गरेको हो ।

डीआईजी राजु अर्यालले जारी गरेको सूचनामा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि पाँच दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ । डीआईजी अर्याल बढुवा समितिका सदस्य सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement