सशस्त्रमा युवराज अर्यालसहित ३ एसपी एसएसपी बढुवाका लागि सिफारिस


काठमाण्डु— सशस्त्र प्रहरी बलमा उच्च अधिकृतहरुको रोकिएको बढुवा अघि बढेको छ । सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएकै दिनदेखि सशस्त्रमा लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया अघि बढेको हो । उनले उच्च अधिकृतहरुको बढुवा रोकिंदा वृति विकासमा असर परेको भन्दै बढुवा प्रक्रिया अघि बढाएका हुन् ।

केसीको महानिरिक्षक पदमा नियुक्ति भएसंगै एआईजी,इन्सपेक्टर र प्राविधिकतर्फका एसएसपीहरुको बढुवा प्रक्रिया अघि बढाएका हुन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले मंगलवार एसपीबाट एसएसपीमा बढुवा प्रक्रिया अघि बढाएको छ ।

एसएसपीमा बढुवा सिफारिस हुनेमा डा.मीना कुंवर, डा.सुरेन्द्र श्रेष्ठ, इन्जिनियर प्रमोद शाह र कानुनबाट युवराज अर्याल रहेका छन् ।

यसअघिका आईजीपी शैलेन्द्र खनालले दरबन्दी रिक्त हुंदा पनि लामो समयसम्म बढुवा नगरेको भन्दै उनको आलोचना हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement