अर्थ प्रविधि

एप्पललाई झट्काः एकै दिनमा ७५ अर्ब डलरको नोक्सानी

एजेन्सी – प्रविधिसम्बन्धी विशाल कम्पनी एप्पलले आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने चेतावनी दिएलगत्तै उसको शेयरको कुल मूल्यमा ७५ अर्ब डलरको नोक्सानी भएको छ। वाल स्ट्रीटमा बिहीवार एप्पलको शेयर मूल्य १० प्रतिशतले खस्कियो।

Dish Home

एप्पलका प्रमुख कार्यकारी टिम कुकले चीनमा बिक्री घटेका कारण कम्पनीको आम्दानी पनि घटेको बताएका छन्। सन् २०१८ का अन्तिम तीन महिनामा एप्पलको आम्दानी ८४ अर्ब डलर मात्र हुने उनले बताए। यसअघि सो आम्दानी ८९ अर्ब डलर हुने ठानिएको थियो।

अन्य उपभोग्य सामग्रीका कम्पनीहरू जस्तै मोबाइल कम्पनी एप्पलका निम्ति पनि क्रिस्मसजस्तो चाडबाडको समय फलदायी मानिन्छ। वर्षभरिमध्ये सबभन्दा धेरै आम्दानी यही समयमा हुने ठानिन्छ। तर यसपालि त्यस्तो हुन सकेन। एप्पलको आईफोन मोबाइलको बिक्रीमा गिरावट आउनुलाई कम्पनीको आम्दानी घट्नुको प्रमुख कारण ठानिएको छ। पहिले पहिले आईफोनको नयाँ संस्करण बजारमा आउनेबितिक्कै मानिसहरू त्यसलाई किन्न निकै उत्सुक हुन्थे।

एप्पल अब चौथो ठूलो कम्पनी
चीनमा एप्पलका सामग्री बिक्रीमा गिरावट आएको चेतावनीलगत्तै त्यसको असर अमेरिकी शेयर बजारमा परेको हो। प्रविधि कम्पनीहरूको शेयर सूचकाङ्क नाज्डाक ३.१ प्रतिशतले र्झयो। केही समय अगाडिसम्म एप्पल अमेरिकामा सार्वजनिक शेयर खरिदबिक्री हुनेमध्ये सबभन्दा ठूलो कम्पनी थियो। तर अब उसलाई अन्य तीन कम्पनीले उछिनिसके। अब एप्पलभन्दा अगाडि माइक्रोसफ्ट, एमेजन र गुगलको स्वामित्व भएको अल्फाबेट कम्पनी रहेका छन्।

तर पछिल्लो समय एप्पललाई आफ्ना सामग्रीको बिक्रीमा कमी आउने अनुमान पहिलै थियो। त्यसैले उसले अन्य क्षेत्रमा पनि अगाडि बढ्ने प्रयास गरिरहेको छ। अचेल एप्पलले सेवा, स्वास्थ्य तथा फिट्नेस क्षेत्रमा निकै प्रगति गरेको छ। एप्पलले सेवा क्षेत्रबाट उति नै कमाउँछ जति फेसबुकको कुल आम्दानी छ। बीबीसी नेपाली

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

SUMEGH
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top