सेनाले केन्द्रीय तहमा गर्‍यो प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारको समन्वयात्मक बैठक

सेनाले केन्द्रीय तहमा गर्‍यो प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारको समन्वयात्मक बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जङ्गी अड्डामा सञ्चालित २ दिने केन्द्रीय तहको प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक २०८२ बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले समापन गरेका छन् ।

पल्टनको संस्कृति, परम्परा र रीतिरिवाजबारे जानकार तथा नेपाली सेनामा अति महत्वपूर्ण नियुक्तिको रूपमा रहेका प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरूबाट बैठकमा प्रस्तुत गरिएका विद्यमान नीतिगत व्यवस्था तथा संस्थागत प्रयासहरूको कार्यान्वयनका दौरान देखिएका व्यावहारिक पक्षहरू तथा सुधारका लागि आवश्यक सुझावहरूको सम्बन्धमा छलफल गरिएको थियो ।

मंगलबार बलाध्यक्ष रथी प्रदीप जङ्ग केसीले उद्घाटन गरेको बैठकको समापन कार्यक्रममा रथीवृन्द, अधिकृत तथा बैठकका सहभागी ९० जना प्रमुख सुबेदार र ज्येष्ठ सुबेदारहरूको उपस्थिति थियो ।

समापन समारोहमा बलाध्यक्ष, रथीवृन्द, अधिकृत तथा बैठकका सहभागी प्रमुख सुबेदार र ज्येष्ठ सुबेदारहरूको उपस्थिति थियो ।