मालीको सैनिक अड्डामा आक्रमण, ५३ जना सिपाही मारिए


माली – मालीको सैनिक अड्डामा आक्रमण हुँदा कम्तिमा ५३ जना सिपाही मारिएका छन् । साथै एक सर्वसाधारण नागरिकको मृत्यु भएको छ ।

मालीको उत्तरपूर्वी सीमा निगर नजिकै मेनका क्षेत्रमा रहेको सैनिक ब्यारेकमा हमला भएको यहाँको सञ्चार मन्त्रालयले जनाएको छ ।

अलजजिराका अनुसार आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement