जहाज दुर्घटनाग्रस्त क्षेत्रमा पुग्याे सेना र प्रहरीकाे टाेली


पोखरा – नेपाली सेना र नेपाल प्रहरीकाे टाेली तारा एयरको विमान दुर्घटनास्थल पुगेकाे छ । आइतबार सम्पर्कविहीन भएकाे विमान सोमबार बिहान मुस्ताङकाे थासाङ गाउँपालिका-२ मा भेटिएको थियाे।

स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ । जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ भने कोही पनि यात्रु ज्युँदो नरहेको त्यहाँ पुगेका उद्धारकर्मीले बताएका छन् ।

सबैले शव संकलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए । हुस्सु र कुहिरोका कारण अझै हेलिकोप्टर राम्रोसँग उड्ने अवस्था नरहेको उनले बताए । सेनाका १ जना र प्रहरीका १ जनालाई हेलिकोप्टर मार्फत झारिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement