लार्जुङबाट पनि फर्कियो आर्मी


काठमाण्डु – जहाज दुर्घटना भएको आशंका गरिएको लार्जुङबाट आर्मी फर्किएको छ । केही समयअघि त्यसतर्फ गएको आर्मीको टोली कोवाङतर्फ नै फर्किएको हो । अझै दुर्घटनास्थल एकिन हुन सकेको छैन ।

यता वायुसेवा संञ्चालक संघले दुर्घटनास्थल थाहा भइसकेकाे तर त्यँहा जान नसकिएको बताएकाे छ । संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा जान मात्रै नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement