धनुषामा चोरी गर्ने महिलाको गिरोह पक्राउ

धनुषामा चोरी गर्ने महिलाको गिरोह पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – धनुषामा घरभित्रै पसेर चोरी गर्ने महिलाको गिरोह पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ की ४० वर्षीया हिरादेवी मुखिया, ४५ वर्षिया राधादेवी  मुखिया र जनकपुरधाम उपमहानगरपालिका–१४ मा डेरा लिई बसेकी १९ वर्षिया जस्मित खातुन रहेकी छन् ।

गत कात्तिक २ गत्ते रातको समयमा जनकपुरधाम उपमहानगरपालिका–८ स्थित नमूना बस्तीमा रहेको पुरन सिंह थारुको घरमा नगद तथा गरगहनासहित विभिन्न सरसामान चोरी भएको थियो । प्रहरीले खबर प्राप्त गर्नासाथ विशेष अनुसन्धान टोलीले सुक्ष्म अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

पक्राउ परेका तीनै जनासँग चोरी भएका सरसामान बरामद भएका छन् । उनीहरूले केही गरगहना महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित माँ अम्बे ज्वेलर्सलाई बेचेका थिए । प्रहरीले ज्वेलर्सका सञ्चालक सरज साह सोनार र अनरजित साहलाई खरिद गरिएको चोरीका गरगहनासहित पक्राउ गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धानका लागि धनुषा प्रहरीले राखेको जनाएको छ ।