परीक्षाअगावै प्रश्नपत्रसँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न २ जना पक्राउ

परीक्षाअगावै प्रश्नपत्रसँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामाजिक सञ्जालमार्फत परीक्षाअगावै प्रश्नपत्रसँगै उत्तर समेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डु नागार्जुन नगरपालिका–१ रानीबन बस्ने गोरखाको भीमसेन थापा गाउँपालिका–५ घर भएका २९ वर्षीय सन्तोष बन्जारा र नागार्जुन नगरपालिका–१ वनस्थली बस्ने गोरखा गण्डकी गाउँपालिका–३ घर भएका २० वर्षीय अश्विन अधिकारी रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको १२ कक्षाको प्रश्नपत्र परीक्षा सुरू हुनुभन्दा केही समय अगावै बाहिरिएको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले संलग्न उनीहरूलाई काठमाण्डु रत्नपार्कबाट पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।