नेपालगञ्जमा ५ किलो अफिम र चरेससहित १ जना पक्राउ

नेपालगञ्जमा ५ किलो अफिम र चरेससहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज – सशस्त्र प्रहरीले शनिबार नेपालगञ्जमा अवैध लागूऔषध अफिम र चरेस बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ३० नम्बर गणको सक्रियतामा गण मातहत रहेको बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५ पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा साढे ५ किलोग्राम अफिम र ५ ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए ।

बाँके जिल्लाको सीमा सुरक्षालाई थप सुदृढ बनाउने अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरीकोे विशेष निगरानीमा ठूलो मात्रामा लागूऔषध बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक चन्दको भनाइ छ ।

सीमा क्षेत्रमा चोरी–तस्करी, लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि विगत केही दिनदेखि विशेष सुरक्षा अभियान सञ्चालन हुँदै आएको थियो । लागूऔषधसहित पक्राउ परेका १ जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइनेछ ।

सीमा सुरक्षालाई प्रभावकारी, प्रविधिमैत्री र परिणाममुखी बनाउन सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गणले गणपति नेतृत्वमा विशेष सक्रियता देखाउँदै आएको छ । पछिल्ला दिनमा चोरी–तस्करी नियन्त्रण, लागूऔषध बरामद तथा सीमा अपराध न्यूनीकरणमा हासिल भएका उपलब्धिले संगठनको प्रतिबद्धता र कार्यकुशलता पुष्टि गरेको उनको विश्वास छ । बरामद गरिएको अफिम र चरेस सहितको व्यक्तिको विषयमा प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ ।