खसी बजारबाट बाख्रीको मासु बिक्री गरेको आरोपमा चार जना पक्राउ


काठमाण्डु- खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा चार जना पक्राउ परेका छन् । कालीमाटीबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान पाँच बजे कलंकीको खसी बजारबाट उनीहरुलाई पक्राउ गरेको हो ।

खसीको मासु भनी बाख्रीको मासु बेचेको आरोपमा प्रहरीले भारतको बिहार बहराई घर भइ कलङ्की बस्दै आएका मासु पसलका सञ्चालक ६७ वर्षीय गुलाम रसोल क्रोसिलसहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा रसोलसहित बिहार बहराईकै २५ वर्षीय जवीर क्रोसिल, २१ वर्षीय जावीर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका छन् । उनीहरुले बाख्रीको मासुलाई खसीको मासुसँगै मिसाएर बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement