टोखामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार

टोखामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको टोखामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको छ ।

मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध रहेको आशंकामा प्रहरीले पछ्याउने क्रममा गोली प्रहार गरी २ जनालाई पक्राउ गरिएको छ ।

लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि गोली चलाइएको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

गोली प्रहारबाट दुवै जना घाइते भएका र उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैको पहिचान खुलाइएको छैन ।